Section 18
छुट्टै महशूल र दस्तूर निर्धारण गर्न सकिने

(१) दफा १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय ग्रिडबाट असंलग्न रही विद्युतको वितरण गर्ने भएमा त्यसरी वितरण हुने विद्युतको महशूल र अन्य दस्तूर विद्युत वितरण गर्ने आफैले निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विद्युत महशूल र अन्य दस्तूर निर्धारण गर्दा विद्युत उत्पादन, प्रसारण वा वितरणमा लगाएको सम्पूर्ण लगानी औसत पच्चीस वर्षमा फिर्ता हुने गरी ह्रास कट्टी हुने र शेयर पूँजीमा पच्चीस प्रतिशत लाभान्स प्राप्त हुने गरी निर्धारण गर्न सक्नेछ ।